एकै छिन सोचौं

 

एकै छिन सोचौं

“अहो चाखेर हेर प्रभु कति भला हुनु हुन्छ”  भजन संग्रह ३४:८

मैले प्रभुलाई त्यसै विश्वास गरेको होइन र उहाँको सेवा हो होरिमा गरेको होइन । आज मैले प्रभुलाई विश्वास गरेको २२ वर्ष पूरा भयो । म कसैले “कागले कान लग्यो” भन्दै मा कागलाई लखेट्ने मान्छे होइन । मैले हासिल गरेको संसारिक विद्ध्य र बुद्धि लाइ मैले असल काममा उपयोग गरेको छु। संसारकै लौकिक धन कमाउन को लागि मात्र होइन तर  मसंग आज अनन्त को धन छ र त्यो हो “ख्रिस्ट येशुमा अनन्त जीवन” । पवित्र शास्त्र बाइबल ले बताउँ द छ “पापको ज्याला मृत्यु हो तर पर्मेस्वर्को अनुग्रह को वरदान प्रभु येशु ख्रिस्ट मा अनन्त जीवन हो ।”(रोमी ६:२३) मेरो अनन्त जीवन पनि उही प्रभु येशु ख्रिस्ट बाटनै हो ।

पापको ज्याला मृत्यु

मान्छे पाप गरेर मात्रै पापी हुँदैन तर ऊ जन्मिंदै पापी जन्मन्छ। आमाको कोखमै पापी हुन्छ यानिकी जसै उसलाई आमाले गर्व धारण गर्छिन उ पापैमा गर्व धारण गरिन्छ। “हेर्नुहोस म अधर्म मा उत्पन्न भएँ र पापैमा मेरी आमाले मलाइ गर्व धारण गरिन ” भजन संग्रह (५१:५)

पापको प्रमाण

मान्छे आमाको गर्भमा पापमा जन्मन्छ भन्ने कुराले धेरै को मनमा प्रश्न उठ्ला “यो कसरि हुन सक्छ कि कुनै शिशु आमाको गर्भमै पापमा जन्मन्छ भनेर |यो कुरा अकाट्य सत्य हो र यसलाई साबित गर्न कुनै गाह्रो कुरा छैन । हामीले कुनै नयाँ जन्मेको बालकलाई विचार गरौँ। यो नयाँ जन्मेको नानीको ज्ञाननै हुँदैन तर जब उसलाई भोक लाग्छ र भनेको पाउदैन ऊ रिसले कहाली कहाली रुन्छ। जब उसले आफ्नो आमालाई चिन्छ र कोहि अर्को नानि उसको आमाको काखमा आयो यात छेउमा आयो भने आह्रिश गर्दछ। जसै उ बढदै जान्छ र उसमा ज्ञान पस्दै जान्छ उसले झूट बोल्न जान्दछ र चोर्न थाल्दछ, उसले झगडा, लडाई, अनि हरेक प्रकारको नकारात्मक  कुरा अपनाउदै जान्छ। यो काल्पनिक होइन यो यथार्थ हो र यो हुँदै आएको छ |

हो हजुर ! मानिस जो सुकै होस् पण्डित, पुरोहित, लामा, ओझा, बिजुवा, पादरी, साधु- सन्त, ऋषि -मुनि, जुनै जात-पात को मानिस किन न होस् र कुनै खान-दान मा जन्मेको किन न होस् हरेक मानिस पाप मै जन्मन्छ। निसन्देह : यसमा वाद-विवाद नै छैन ।यसै कुरालाई महसुस गरेर मानिस हरु धर्म – कर्म, पाठ- पूजा गर्छन, तिर्थ-व्रत गर्छन, दान- पुण्य गर्छन, पौवा-पाटि गर्छन, धर्म शाला बनाउछन्  त के यी सबै कुराले मानिशले आफ्नो पापी अवस्था बाट मुक्ति पाउछ त ? यानिकी यी सबै कुरामा मोक्ष छ त ?

घोरै सोचौं ? के आज हाम्रो धार्मिक शास्त्र ले मोक्ष को मार्ग यहि बताउछ त ? के हामीले मानेर ल्याएको धर्म शास्त्र हामी अध्ययन गर्न सक्छौं ? के हाम्रो धर्म शास्त्र हामीलाई कसैले बुझाइदिनु हुन्छ ? मित्र यी मेरा प्रश्नहरुलाई अन्यथा नसम्झनु होला तर गम्भीर प्रकारले सोच्नु होला।

 

मृत्यु पछि न्याय

“खाइ सार लाइ सार मरे पछि लम्पसार ” यो भनाइ मा हामी धेरै जना अल्झेर बसि रहेछौं।कसले स्वर्ग देखेको छ ?  को नरक सम्म पुगेको छ ? भन्ने प्रश्न धेरैको मुख बाट निस्कन्छ। त के मान्छे शरीर मा मरे पछि उसको अन्त त्यहि हो त ? के साचै स्वर्ग र नरक छैन ? हजुर धोका नहोस – शारीरिक मृत्यु मानिश को जीवनको अन्त होइन ।त्यसपछि न्याय छ । (२ कोरिन्थी ५:१०, यर्मिया ३१:१९, अय्युब ३४:११) हाम्रो शरीरको कामको लेखाको लागी प्रत्येक मानिस न्याय आशनको अघि हाजिर हुनु पर्छ र न्याय को फसला प्रभु येशु ख्रिस्ट ले गर्नु हुन्छ।

स्वर्ग र नरकhttps://godshotspot.wordpress.com/2014/07/08/heaven-found/

जसरी यस ब्रह्माण्ड मा सुर्य मण्डल, ग्रह मण्डल र तारा मण्डल हरु छन् त्यसरी नै स्वर्ग र नरक पनि अवस्थित छन् ।यो कुरा संसारको सबै धर्म कर्म र धर्मावलम्बीहरुले मान्दछन। धर्म कर्म गर्नुनै नरक बाट उम्कनु र स्वर्ग पस्ने चेस्टा हो । धर्म कर्म गर्नु नै आफैलाई पापी भएको अनुभव गर्नु हो र यसबाट उम्कने उपाय सोच्नु हो ।जस्तै विद्वान, बलवान , धनि, धर्म-कर्म गर्ने मान्छेलाई  पनि मृत्युको डर हुन्छ, मृत्यु पछि नरक को डर हुन्छ । नरक मा कोहि नपरोस नै भनेरनै मरे पछि मानिस हरुले काज क्रिया गर्दछन ।

तर के यी सबै कुराले हामीलाई नरक को दण्ड बाट बचाएर स्वर्ग पुर्याउछ त ? के कोहि मानिस मरे पछि उसको अन्त्येस्टि गर्दा त्यो मानिस स्वर्ग जान्छ त ?

यी माथि लेखेका प्रश्नहरुको जवाफ हरुको प्रतिक्षा गर्नु होस् र साथमा तपाइले आफ्नो प्रति क्रिया प्रकट गर्नु होस्

फेरि भेटौला …………

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *