Facebook Hazards

FACEBOOK (फेसबुक) को चमत्कार

सम्पूर्ण सामाजिक संजाल (social media) मध्यमा अहिले धेरै चलाईएको संजाल हो FACEBOOK ।  यो यस्तो प्रकारको संजाल हो जसले अहिले सारा संसारका मानिसहरुलाई लट्ठ पारेको छ । यसको उपयोगीहरुलाई (USER) बोल्ने अर्थात बात गर्ने साथि नभए पनि हुन्छ । उनीहरुले जब यसलाई इस्तेमाल गरिरहेका हुन्छन, आफ्नो वरिपरिको दुनियाँ भुली दिन्छन ।

  • यसको नशाले भोक तिर्खा सबै बिरस्यई दिन्छ ।
  • आफ्नो जिम्मेवारी भुल्याई दिन्छ ।
  • परिवार, बाल-बच्चा, बिरस्यई दिन्छ ।
  • आफ्नो संस्कार, संस्कृति, सम्बन्ध सबैनै डम्मा-डोल पारिदिन्छ।
  • धेरै पुरानो पति-पत्नीको सम्बन्ध लाई छिया-छिया पारिदिन्छ।

फेसबुक को दुरुपयोग को कारणले विस्वमा मानिस ले हालमा भोगेका अरू कष्टहरु यसप्रकार छन् :

आफ्नो गोप्यानियता को खुलासा (loss of privacy)

हामी कति जना यस्तो अनभिज्ञ छौं कि हाम्रो नाम (name), हाम्रो ठेगाना (adress), हाम्रो फोन नम्बर (phone number), इमेल एड्रेस (email address), हाम्रो सम्पर्क मा रहेका व्यक्ति हरु (contacts), यहाँ सम्म कि हाम्रो बैंक कार्ड नम्बर (debit/credit card numbers), हाम्रो सोसिअल सेकुरिटी नम्बर (SSN) (Adhar Card No) हामीले सामाजिक संजाल मा हाले केहि पनि हुँदैन भन्ने हामीलाई लागेको छ र कति जनाले हाली राख्नु पनि हुँदैछ । चोर को अनेक दाऊ हुन्छ । उसले सानो प्वाल पाए प्रशस्त हुन्छ । तपाईं को जन्म मिति (Date of Birth) अति महत्व पूर्ण कुरा बनेको छ । यसलाई सिस्टम (System) मा हाले हाम्रो सम्पूर्ण जीवन कुण्डली प्रकट गरिदिन्छ । जन्म दिवस को शुभकामना (Birthday Wishes) को लालच मा आएर आफ्नो यो बहुमुल्य जानकारी (information)  सामाजिक संजाल मा उपलब्ध (viral) गराउनु भयो भने तपाईं ले धेरै ठूलो नोक्सानी भोग्नु हुन्छ।

Will be contd…

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *